समाजवादको विचारसहित जनताका पिरमर्का बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन अध्यक्ष नेपालको निर्देशन

राजनीति
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्ने बताएका छन् । सोमबार पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए । उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट