`

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार,१२ बाट झारेर अब ७ मान्त्रालयमात्र

Nepal One HD १० माघ २०७९ १८:२४
राजनीति

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार सँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । यसअघि एमालेबाट सिता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मन्त्री परिषद् विस्तार सँगै मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ ।
नेकपा माओवादी केन्द्रका हरि ब.चुमानलाई भौतिक पूर्वाधार विकास, एमालेका रोशन गाह मगरलाई आर्थीक मामिला, एमालेकै सिता कुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन, एमालका वेद ब. गुरुङलाई कृषि तथा जलस्रोत, माओवादीका रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपामा मञ्चराम गुरुङलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

गण्डकी प्रदेशमा हिजो मात्र १२ ओटा मन्त्रालयबाट घटाएर ७ ओटा मन्त्रालय बनाउने निर्णय भएको थियो ।


प्रतिक्रिया