अब देशको लागी बलिदान नभई योगदान गर्नुपर्ने समय अएको छ : मेयर बालेन
प्रशासन
काठमाडौँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताउनु भयो ।सोमबार लैनचौरस्थित शहीद स्मृति पार्कमा शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले अब बलिदान हैन मूलुकका लागी योगदान गर्नु पर्ने समय सृजना भएको बताउनु भयो ।उहााँले भन्नुभयो, ‘‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु’ ।
शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताउनु भयो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
