`

शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै आज सर्वोच्च अदालत  रिट दर्ता

Nepal One HD २४ माघ २०७९ १५:३४
प्रमुख खबर

काठमाडौँ– नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै आज सर्वोच्च अदालत  रिट दर्ता भएको छ ।

 नेपाली काँग्रेस संसदीय दलका नेता  देउवालाई अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् ।  सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । 

आदेशअनुसार आज रिट निवेदन दर्ता भएको छ भने भोलि माघ २५ गते पेसी तोकिएको छ ।  यसअघि सर्वोच्चका रजिष्टारले उक्त रिट दरपिठ गरेका थिए ।


प्रतिक्रिया