‘सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं’ : माधवकुमार नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको बताएका छन् । जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको बताउदै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका हुन् ।
अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए । नेपालले भने सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् । यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो । तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको नेपालले बताए । राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।
अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग् कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए । नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपाले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।