`

यो देशकाे समस्याको समाधान हामी गर्छौं : अध्यक्ष ओली

Nepal One HD २ फागुन २०७९ १५:५२
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन् । उनले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताए ।

उनले भने, ‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले, एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा काम गर्छ । ’


अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए ।


धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया