जलेर ज्यान गुमाएकी सांसद भण्डारीकी आमाको अन्त्येष्टि, नेताहरूले पार्टीको झण्डा ओढाएर दिए श्रद्धाञ्जली
प्रमुख खबर
काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी हरिकला भण्डारीको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
भण्डारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
