केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक (फोटोफिचर)


काठमाडौँ – फाल्गुन ११ गतेदेखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी गीत सार्वजनिक गरेको छ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ’ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रङ्गशालामा आयोजना हुनेछ । ’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो यूथ क्लब र जवालाखेल यूथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।













