सरकार गठन गर्दाकाे सहमतिअनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपति हुन्छ : विष्णु पौडेल

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपति हुने बताएका छन् ।
वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार गठनको बेला भएको समति अनुसार एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका छन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्छ । एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने छ ।’
पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट