`

तोसिमा कार्कीको प्रश्न : सडक विभाग र खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?

Nepal One HD १२ फागुन २०७९ १४:२९
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरीकि छन् ।


शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद कार्कीको प्रश्न छ, ‘सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?’

उनले भनिन्, ‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ?’ टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उनले थपिन्, ‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?’

राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उल्लेख गर्दै उनले भनिन्, ‘माननीय भौत्तिक पूर्वाधार मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु– सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गरियोस् ।’


प्रतिक्रिया