राष्ट्रपति पदमा सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरे

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेको छ ।
शनिबार दिउसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै पुगेका थिए ।
एमालेको आज बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट