`

वामपन्थीहरु एक ठाउँ उभिनुपर्छ : झलनाथ खनाल

Nepal One HD १४ फागुन २०७९ १४:२८
राजनीति

सुर्खेत – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताउनु भएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले परिवर्तनका लागि वामपन्थीहरु एक ठाउँमा आउने सम्भावना उत्तिकै रहेको भन्दै तत्काल प्रगतिशील साझा कार्यक्रम बनाएर वामपन्थीहरु बीच एकता हुन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाँले कुन गठबन्धन कति बेला, कसरी बने भन्दापनि कसले गुणात्मक परिवर्तन ल्याउन सक्छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै नेपालका वामपन्थीहरु एक ठाउँमा आउन सके परिवर्तन सम्भव रहेको बताउनु भयो । नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट पार्दै नेता खनालले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने जानकारी दिनु भयो ।

उहाँले राष्ट्रपति कसलाई बनाउने भन्ने बारे पार्टी भित्र छलफल बाँकी रहेकाले अहिले नै नेकपा एसले कसलाई मत दिन्छ भन्न नसकिने स्पष्ट पार्नु भयो ।


प्रतिक्रिया