`

एमालेका महासचिव शंकर पोखरेलको टिप्पणी : प्रचण्डको पतनोन्मुख यात्रा

Nepal One HD १६ फागुन २०७९ १७:२०
राजनीति

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको बताएका छन्। ​मंगलबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको बताएका हुन्।

‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ उनले भनेका छन्।

फागुन १२ गते प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धन ब्यूँत्याएसँगै एमाले नेताहरूले निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने बताउँदै माओवादी केन्द्रले नयाँ गठबन्धन ब्यूँत्याएको हो।


प्रतिक्रिया