`

प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव दर्ता

Nepal One HD १७ फागुन २०७९ १२:३३
राजनीति

विराटनगर – प्रदेश नम्बर १ को नाम कोसी राख्न सांसदहरुले प्रस्ताव गरेका छन् ।


बुधबार प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेकोमा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *