`

रास्वपाको निर्वाचन चिह्न परिवर्तन

Nepal One HD १७ फागुन २०७९ १३:१९
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न परिवर्तन गरिएको छ ।


बुधबार रास्वपाका प्रवक्ता मुकुल ढकालले गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको जानकारी गराएका हुन् । प्रवक्ता ढकालले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्वाचन चिन्ह औपचारिक रुपमा संशोधन भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौं ।’


प्रतिक्रिया