`

रामचन्द्र पौडेलले पठाए सबै मतदाताहरूलाई मत माग्दै पत्र

Nepal One HD १७ फागुन २०७९ १५:०७
राजनीति

काठमाडौँ – राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् ।

यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।


प्रतिक्रिया