`

अनेरास्ववियुले बिषादी जाँच नगरी भारतीय तरकारी भित्र्याउन खोजेपछि तरकारी फालेर गर्यो विरोध

Nepal One HD १७ फागुन २०७९ १५:३९
प्रमुख खबर

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध प्रदर्शन गरेको छ।

बुधबार अनेरास्ववियुका विद्यार्थीहरूको समूहले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा सांकेतिक रुपमा तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्।

विषादीयुक्त भारतीय तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने जानकारी हुँदा हुँदै परीक्षण रोकिएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु् र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुखद पक्ष भएको अनेरास्ववियुको निष्कर्ष छ।


प्रतिक्रिया