`

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

Nepal One HD १८ फागुन २०७९ १३:०६
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप लिग–२ मा सन्दीपले यूएईविरुद्ध दोस्रो विकेट निकालेका छन् । सन्दीपले यूएईका रित्य अरविन्दलाई १८ रनमा क्याच गराएर विकेट निकालेका हुन् । यसअघि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए ।

नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।

विश्वकप छनोटको पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।


प्रतिक्रिया