आठ दलिय गठबन्धनबाट प्रचण्डपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको उनले बताए ।
बिहीबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने उल्लेख गरेका छन् । “दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ,” शशांकले भने, “चुनाव हुने बेलामा देउवा प्रम हुन्छन् ।” उनले कांग्रेसको ध्यान आठ दलिय गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए ।
“गठबन्धनमा विश्वास नचुडियोस् भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ,” उनले भने, “हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो । अस्थिरता चहाने एमाले मात्र