`

राष्ट्रपतिमा सघाउन रेशम चौधरीलाई एमालेकाे आग्रह

Nepal One HD १९ फागुन २०७९ १५:२४
राजनीति

काठमाडौं – नेकपा एमालेका नेताहरूले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत माग्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्नुभएकाे छ । शुक्रबार बिहान चौधरी भेट्न एमाले नेताहरू डिल्ली बजार कारागार पुग्नुभएकाे थियाे ।

एमाले नेताहरू योगेश भट्टराई,कृष्णगोपाल श्रेष्ठ र भगवति चौधरी कारागार पुगेर नेम्बाङलाई मत दिन आग्रह गर्नुभएकाे हाे । एमालेका एक नेताले चौधरीलाई भेटेर राष्ट्रपतिमा नेम्बाङज्यूलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयाे।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र एमालेका नेताहरू आ-आफ्ना उम्मेदवार विजय गराउन विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गरिरहनुभएकाे छ  । 

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले  उम्मेदवारी दिनुभएकाे छ । 


प्रतिक्रिया