राष्ट्रपति निर्वाचनमा नेम्वाङले भोट मागेपछि जनमतको जवाफ- पार्टीमा छलफल गरेर जवाफ दिन्छौ

राजनीति

काठमाडौँ – नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ ।
शुक्रबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगायतका एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताए । अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्त्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उनले बताए ।
त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले विभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट