`

भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने सरकारको मुख्य लक्ष्य – उपप्रधानमन्त्री श्रेष्ठ

Nepal One HD १९ फागुन २०७९ २०:३३
राजनीति

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको मुख्य लक्ष्य सुशासन स्थापित गर्ने रहेको बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनले बताए ।

उनले सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको बताए । उनले भने“देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनाँै भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत समस्या सृजना हुनेछ”


प्रतिक्रिया