`

आठ दलीय गठबन्धनको बैठक बस्दै

Nepal One HD २१ फागुन २०७९ १०:३९
राजनीति

काठमाडौँ – आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे आठ दलीय गठबन्धनको बैठक बस्न लागेको हो।

राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तार, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। 

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदै छ। राष्ट्रपतिका लागि नेकपा एमाले तर्फबाट सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


प्रतिक्रिया