राष्ट्रपति निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण


काठमाडौं – आउँदो फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान केन्द्रपनि निर्माण गरिएको छ ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।
निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।