नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
प्रमुख खबर
काठमाडौं । नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल दुर्घटना भएको हो।
बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर–९ बस्दै आएका ४७ वर्षीय मोटरसाइकल चालक बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगर घाइते भएका थिए।
तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
