`

घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा जाम

Nepal One HD २४ कार्तिक २०८३ १३:२५
प्रमुख खबर

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारी आवागमन रोकिएपछि कुरिनटारसम्म सवारीसाधनको लाम लागेको छ ।

सडक अवरुद्ध हुँदा चाडपर्व मनाउन गन्तव्यतर्फ हिँडेका यात्रु तथा सर्वसाधारण जाममा फसेका छन् । लामो समयदेखि सवारीसाधन रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

पहिरोका कारण पृथ्वी राजमार्गको महत्वपूर्ण खण्ड अवरुद्ध भएपछि यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् । सडक खुलाउन पहिरो पन्छाउनुपर्ने अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *