`

छाडिएका गाईको आश्रयस्थलमै तिहारको रौनक (तस्वीरहरू)

Nepal One HD २४ कार्तिक २०८३ १३:२२
फोटोफिचर

तनहुँ। गाई तिहारका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मरेतरास्थित गौसंरक्षण केन्द्रमा आश्रित गाईको पूजा गरिएको छ ।

सोमबार बिहानैदेखि केन्द्रमा पुगेका सर्वसाधारणले विधिपूर्वक गाईको पूजा गर्दै फलफूल तथा खानेकुरा खुवाएर गाई तिहार मनाएका हुन् ।

केन्द्रमा पुगेका भक्तजनले पुरोहितको मन्त्रोच्चारणसँगै गाईलाई जल, पुष्प र दीप अर्पण गरे । गाईको शिर, पाउ र पुच्छर ढोगेर फलफूल, नुन, चोकर र पराल खुवाए ।

घरमा पालिएका गाईलाई दूध दिन छाडेपछि वा बूढो र रोगी भएपछि छाड्ने प्रवृत्ति बढिरहेका बेला संरक्षण केन्द्रमा आश्रित गाईको पूजा गरेर तिहार मनाइएको हो ।

छाडा छोडिएका चौपायाले किसानको अन्नबाली नष्ट गर्ने र सडक दुर्घटनाको जोखिम बढाउने समस्या न्यूनीकरण गर्न शुक्लागण्डकी नगरपालिकाले २०७५ सालमा गौसंरक्षण केन्द्र स्थापना गरेको थियो । घरबाट निकालिएका तथा छाडा छोडिएका गाईगोरुलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको केन्द्र हाल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिले सञ्चालन गर्दै आएको छ ।

हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा गाईलाई विशेष सम्मानका साथ पूजा गर्ने चलन छ । गाईको दूध, दही, घ्यू, गोबर र गहुँतलाई धार्मिक संस्कारमा समेत प्रयोग गरिन्छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *