पटका पड्काउँदा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
समाचार
पर्सा । पर्सामा पटका पड्काउने क्रममा गम्भीर घाइते भएका आठ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिका–२ का कुन्दन सहनी रहेका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा बालकको छातीमा छर्रा लागेको थियो । फलामको पाइपभित्र पटका राखेर पड्काउँदा पाइपको दुवैतर्फबाट निस्किएको छर्रा उनको छातीको बीच भागमा लागेको पर्साका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
