राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ : कमल थापा
राजनीति
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आज एक स्ट्याटस लेख्दै अध्यक्ष थापाले राष्ट्रहित विपरितको नागरिकता विधेयक र गंभीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनु हुने बताउनुभएको हो ।
नेपालको ईतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाउनुभएकी राष्ट्रपति भण्डारीको यहि फागुन २९मा निवृत्त हुनुहुँदैछ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
