`

सत्य निरुपण सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

Nepal One HD २५ फागुन २०७९ १०:२५
राजनीति

काठमाडाैं – सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया