`

उपराष्ट्रपति महिलालाई निर्वाचित गराउन माओवादी केन्द्रको माग

Nepal One HD २६ फागुन २०७९ १४:४०
राजनीति

काठमाडौं – नेकपा माओवादी केन्द्रले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि अब फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवारीमा जोड दिनुपर्नेमा जोड दिएको छ ।

सत्ता साझेदार दलहरुको साझा धारण नआएपनि माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने उल्लेख गरेको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार ‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा त्यो आएको छैन् । त्यसैले संविधानमा उल्लेख गरेको कुरालाई आधार मानेर अघि बढ्नुपर्ने हुन्छ ।

उपराष्ट्रपति कसले पाउने भन्ने विषयमा गठबन्धनभित्र औपचारिक छलफल भइनसकेको महासचि गुरुङले बताए ।


प्रतिक्रिया