`

सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

Nepal One HD २८ फागुन २०७९ ११:०३
समाज

बारा – बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ वर्षीय विकास कुमार साह घाईते भएका थिए ।

उनकाे  उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले  खोजी भएरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया