`

आयोगलेको निर्णयविरुद्ध सर्वोच्च जाने तयारीमा एमाले

Nepal One HD २८ फागुन २०७९ १३:०९
राजनीति

काठमाडौँ – नेकपा एमाले उपराष्ट्रपतिमा रामशाह यादवको उम्मेदवारी सदर गर्ने निर्वाचन आयोगविरुद्ध अदालत जाने तयारी गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति दुवै फरक समुदायका पुरुष बन्न सक्ने संविधानको व्याख्या गर्दै रामसहायप्रसाद यादवको उमेदवारी कायम गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने तयारीमा एमाले लागेको हो ।

एमाले नेताहरुका अनुसार उम्मेदवारी सदर गर्ने निर्णयको पूर्णपाठपछि पार्टीले थप निर्णय लिने छ ।

रामशाह यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो ।


प्रतिक्रिया