`

नेविसंघ लफडा : केन्द्रीय कार्यालयमा ताला,अधिकांश ठाउँमा बागी

Nepal One HD २८ फागुन २०७९ १६:४०
प्रमुख खबर

काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद चुलिएकाे छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै  नेविसङमा लफडा सुरु भएकाे हाे । 

असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा समेत माग गरेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए । स्ववियु निर्वाचन हुनलागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् ।


प्रतिक्रिया