एमाले अध्यक्ष ओलीले मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने छ ।
आज राष्ट्रिय सभा गृहमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने भएको हो ।
लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, सुशासन र जबाफदेहिताको स्थानीय तहसम्म प्रवर्द्धन र सुदृढीकरणका लागि ७ सय ५३ स्थानीय तह र ७ प्रदेशबाट प्रतिनिधित्व हुने मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलन हुन लागेको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट