गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके जनताले विकल्प खोज्छन् – कमल थापा


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके जनताले विकल्प खोज्न बाध्य हुने बताएका छन् ।गलबार नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरे । उनले भने, ‘राजनीतिक दलका नेता र विभिन्न लेशक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’
राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।