`

उपराष्ट्रपतिमा विजयी भए राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु : रामसहाय यादव

Nepal One HD ३ चैत २०७९ १२:०४
राजनीति

काठमाडौँ – उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा विजयी भए राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपतिरउपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु । ‘

यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया