सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्छ : माधव नेपाल

राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सम्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा धेरै लामो समयदेखि चर्चा चल्दै आएकाले अव शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउन सबै दलहरूले साथ दिनुपर्ने बताएका हुन् ।
यस विषयमा यसअघि नै दलहरूबिच सहमति भइरहेको र अहिले पनि प्रतिपक्षी दलमा पनि विपत्ति नरहेको उनको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षीमा बस्न सकिने भएकाले सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा राम्रो हुने धारणा राखे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट