सबै दलको समर्थनमा विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताउनुभएको हो । यसअघि आफुले विश्वासको मतमा ९९ दशमलव २५ प्रतिशत आशा गरे पनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट