`

गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जान्छौं : झलनाथ खनाल

Nepal One HD ७ चैत २०७९ १३:२९
राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने तयारी गरेको छ ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने रु हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ रु सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं ।’


प्रतिक्रिया