उपनिर्वाचन र सरकारमा सहभागिताका बिषयमा छलफल गर्न लोसपाले बोलायो बैठक
राजनीति
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी बैठक बोलाएको छ । आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोसपाले बिहीबारका लागि बैठक बोलाएको हो । उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुनेछ ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
