`

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Nepal One HD १० चैत २०७९ १६:१७
प्रमुख खबर

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन । विश्वासको मतका लागि भएको मत विभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको  बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।

जम्कट्टेललाई काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।


प्रतिक्रिया