`

कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन सकेन : अध्यक्ष ओली

Nepal One HD १३ चैत २०७९ १७:५२
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको बताउनुभएकाे छ ।  

आज (सोमबार) गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको बताउनुभयाे । 

उहाँले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताउनुभयाे ।

‘अनेक जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो । नराम्रो काम गरेर होइन । काम गर्न नसकेर पनि होइन । सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाए,’– अध्यक्ष ओलीले भन्नुभयाे ।

साथै, अहिलेको संविधान एमालेको पहलमा बनेको उहाँको बताउनुभयाे । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको सम्झना गर्नुभयाे ।

संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भएपनि कांग्रेस इमानदार नभएको उहाँको बताउनुभयाे । 


प्रतिक्रिया