`

सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गरिन्छ – महासचिव गुरुङ

Nepal One HD १५ चैत २०७९ १९:४४
राजनीति

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् । बुधबार प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताए । उनले एक दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए । उनले भने “मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चाबन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।”

उनले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीले राष्ट्रिय सहमति हुन नदिने गरेको बताए ।


प्रतिक्रिया