उपचुनावका लागि एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने

प्रमुख खबर
काठमाडौँ – नेकपा एमालेले आगामी वैशाख १० मा हुने उपचुनावका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने भएको छ ।
प्रमुख विपक्षी दल एमालेले उपचुनावका लागि आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । बारा २,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमाले एक्लै भिड्न भएको हो ।
चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने एक नेताले जानकारी दिए ।
उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट