`

रवि लामिछानेको दाबी : रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्छ

Nepal One HD १८ चैत २०७९ १७:०६
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्ने दाबी गरेका छन् ।

शनिबार वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने अर्को चुनावपछि हाम्रो पार्टी सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका हुन् ।

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले अघि भने, स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू जोडिनु यो जनाउ घण्टी मात्र होइन । उहाँहरूभन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ । यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ ।

उनले आफ्नै नेतृत्वको सरकार बनाउने गरी रास्वपा अर्को चुनावमा उपस्थित हुने दाबी गरे ।


प्रतिक्रिया