`

‘चुनाव जित्ने विषयमात्रै सबैथोक होइन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जान्छ’

Nepal One HD १८ चैत २०७९ २१:२३
राजनीति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको बताएका छन् । शनिवार नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए । पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने भन्दै उनले त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए ।

उनले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने पनि बताए ।


प्रतिक्रिया