`

सांसद दीपकबहादुर सिंहको प्रश्न : मलको अनुदान काटेर नेपालका युवालाई खाडी मुलुक जान भनेको हो ?

Nepal One HD १९ चैत २०७९ १४:०५
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले ‘मिसन’ महाकाली अभियान कहिले सञ्चालन हुन्छ भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले एमाले मिसन ग्रास रुट अभियानतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘ठूला पार्टीहरूले मिसन एभरेष्ट, मिसन ग्रासरुष्ट अभियान अगाडि बढाइरहेका छन्। सभामुखज्यू मिसन महाकाली अभियान कहिले सञ्चालन गर्ने ? महाकाली, कालापानी, लिपुलेकको बारेमा कसैले पनि एक शब्द उठाउन सकिरहेको छैन। सत्ता जान्छ भन्ने डरले केही बोल्न नसकेको हो कि ।’

सांसद सिंहले किसानले मल नपाएको बताउँदै अनुदान काटेर नेपालका युवालाई खाडी मुलुक जान भनेको हो ? भन्दै प्रश्न गरे ।


प्रतिक्रिया