सांसद निशा डाँगीको प्रश्न : म बसेको कुर्सी कुन देशबाट आयात भएको हो ?

प्रमुख खबर

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी संसाद निशा डाँगीले प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयत भएको भन्दै प्रश्न गर्नुभएकाे छ ।
आइतबार संसद बैठकमा उहाँले हरेक सामान आयात भइरहेको भन्दै कुर्सीसमेत कुन देशबाट आयात भएको भनि प्रश्न गर्नुभएकाे हाे ।
‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो । कुर्सीका लागि जुन झगडा हुने गरेको छ, प्रधानमन्त्री, सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो ? सिंहदरबार, बालुवाटार , शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ,’ उहाँले भन्नुभयाे ।
संसदमा प्रयोग भइरहेको कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली नै प्रयोग गर्नका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट