`

‘म एकदमै आशावादी छु, उत्साहित छु’ : रवि लामिछाने

Nepal One HD २० चैत २०७९ ११:४०
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान उम्मेदवनरी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताएका हुन ।

उनले भने, ‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ, राजनीतिक मान्छेको जीवनमा भइरहने घटना हुन् ।’

आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’


प्रतिक्रिया